धादिङ चौरमा जारी फुटबलकाे फाईनल बालुवाटार र मैदी बीच भाेली हुने

Avatar photo
Dhadingpost
आइतवार, भदौ ३१, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित धादिङ चौर सल्यानटारमा भदौ २८ गते देखि जारी U-20, 7-A-Side फुटबल प्रतियोगिताकाे फाईनल बालुवाटार युवा क्लव गाेरखा र टीएम युवा समाज मैदी बीच भाेली हुने भएकाे छ ।
Legends Boys F.C. सल्यानटार धादिङले आयोजना गरेकाे उक्त प्रतियाेगितामा १५ टिमले भाग लिएका थिए जस मध्य सेमिफाइनलमा अायाेजकलाई ०-१ काे गाेल अन्तरले हराउदै बालुवाटार फाईनल पुगेकाे हाे भने अारुघाट फुटबल क्लवलाई 3-4 पराजित गर्दै मैदीले फाईनल खेल्ने पक्का गरेकाे हाे ।

दिलिप श्रेष्ठका अनुसार भाेलि गाउँपालिका अध्यक्ष राजु उप्रेतीकाे प्रमुख अातिथ्यतामा हुने समापन कार्यक्रममा प्रथम हुनेलाई २० हजार ५५५ र दोस्रो हुनेलाई १३ हजार ३३३ प्रदान गरिने छ ।