धादिङ जिल्ला नकआउट फुटबल देवालीछाप थाक्रेले जित्याे

Avatar photo
Dhadingpost
आइतवार, भदौ ३१, २०८०

धादिङ । जिल्लाका १२ क्लवले भाग लिएको धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिता देवालीछाप युवा क्लव थाक्रेले जितेकाे छ ।

आज भएको फाईनल खेलमा देवालीछाप युवा क्लव थाक्रेका ७ नम्बरका खेलाडी अमित थापा क्षेत्रीले खेल सुरु भएकाे दुई मिनेट मै धादिङ फुटबल क्लव नीलकण्ठ विरुद्ध गरेकाे गाेल नै निर्णायक गाेल बनेकाे थियाे ।

यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छ । तर यो पटकको नकआउट विजेताले यस वर्षको जिल्ला लिग भने खेल्न नपाउने र अर्को वर्ष हुने जिल्ला लिग खेल्न पाउने एन्फाको नियम रहेको जिल्ला फुटबल संघ धादिङका धादिङका महासचिव थापाले बताए ।

धादिङ जिल्ला फुटबल संंघका उपाध्यक्ष राजन भण्डारीकाे सभापतित्वमा भएकाे पुरस्कार वितरण समाराेहमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठकाे प्रमुु अातिथ्यता रहेकाे थियाे भने संचालन महासचिव रामहरि थापाले गरेका थिए ।

देवालीछाप युवा क्लव, थाक्रेका खेलाडी
१. अमित थापा क्षेत्री, २. विशाल तामाङ, ३. प्रितम तामाङ, ४. विनोद तामाङ, ५. पासाङ तामाङ, ६. सन्देश तामाङ, ७. विनोद तामाङ, ८. मधु घले, ९. अन्जन आले मगर, १०. किरण थोकर तामाङ, ११. अक्कल बहादुर तामाङ, १२. राम बहादुर तामाङ, १३. प्रकाश तामाङ, १४. गौतम तामाङ, १५. उमेश तामाङ, १६. देवा तामाङ, १७. सरोज भोलान तामाङ, १८. बुद्धिमान घलान

धादिङ फुटबल क्लवनीलकण्ठ
१. गोपीकृष्ण भण्डारी, २.अजय वि.क., ३. सुवास वि.क., ४. अमित तामाङ, ५. सुजित गुरुङ, ६. मिलन श्रेष्ठ, ७. सन्देश तामाङ, ८. आयुष तामाङ, ९. सन्तोष तामाङ, १०. कविन्द्र तामाङ, ११. सन्दिप तामाङ, १२. श्याम तामाङ, १३. आनन्द तामाङ, १४. राजन बोहरा, १५. अर्जुन तामाङ, १६. लालदुहवमा तामाङ

यी १२ टिमले भाग लिएका थिए जिल्ला नकआउट

  • धादिङ फुटबल क्लव, धादिङ नीलकण्ठ
  • देवाली छाप युवा क्लव, थाक्रे 
  • हाइवे स्पोर्ट्स क्लव, बेनीघाट रोराङ
  • धादिङ जेसिस, धुनीबेसी
  • संवाहक युवा क्लव, धुनीबेसी
  • वच्छलादेवि युवा क्लव, धुनीबेसी
  • अरुणोदय युवा क्लव, सिद्धलेक
  • पिपलटार युवा क्लव, सिद्धलेक
  • लालिगुँरास युवा क्लव, सिद्धलेक
  • आहुती युवा क्लव, थाक्रे
  • मुनाल एकेडेमी, गजुरी
  • शुभारम्भ युवा क्लव, ज्वालामुखी