लिङजोमा भलिबल प्रतियोगिता हुने, खेलाडीलाई खाना बस्नको सुविधा समेत

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३०, २०८०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका तिप्लिङ स्थित लिङजोमा दशै/तिहारको अवसर पारेर कार्तिक ७ देखि ११ गते सम्म खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

लिङ्जो युवा क्लवको आयोजनामा हुन लागेको भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम ५५ हजार ५५५, द्वितिय ३३ हजार ३३३, तृतिय २२ हजार २२२, सान्तेना ५ हजार ५५५ रहेको मनिश तामाङले धादिङपोष्टलाई बताए ।

यस क्लवले दशै/तिहारको अवसर पारेर लब्दुङमा गोरु जुधाई कार्यक्रम पनि राखेको र यस प्रतियोगितामा प्रथमहुने गोरु धनीले २५ हजार ५५५, द्वितिय हुनेले १५ हजार ५५५ र तृतिय हुनेले १० हजार ५५५ रुपैया पाउने उनले बताए । खेलाडीहरुलाई खाना बस्नको पनि व्यवस्था गरिने मनिशले बताए ।