नीलकण्ठ माविका विद्यार्थीद्वारा सहयोग

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २९, २०८०

धादिङ । ”बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ नीलकण्ठ मा.वि धादिङबेसीका विद्यार्थीले बालदिवस मनाउँदै नीलकण्ठ न.पा.३, शान्तिटारमा अवस्थित नमुना बौद्धिक अपाङ्खता आधारभूत विशेष विद्यालयका विद्यार्थीलाई सहयोग गरेका छन् ।

खाजा खर्चबाट प्रति दिन २ रुपैंया बचत अभियना चलाई कक्षा ९ सेक्सन सीका ३६ विद्यार्थीले जम्मा गरेको ६ हजार ०३५ र अपुग अन्य कक्षाबाट सहयोग ६ हजार १४५ रुपैंया संकलन गरि शैक्षिक सामग्री,कक्षा शिक्षक चेतनारायण श्रेष्ठको संयोजकत्वमा सहयोग गरि बाल दिवस मनाएका थिए साथै निलकन्ठ स्काउट ट्रुपको पनि उक्त सहयोग र सहभागी रहेको थीयो ।

यसैगरी बिहान सत्र कक्षा ११-१२ र दिवा सत्र कक्षा १-५,६-८ ,र ९-१० का विद्यार्थीहारु बिच तहगत खुल्ला तीज गीत नृत्य सम्पन्न भएको थियो । बिधालयको अतिरिक्त क्रियाकलाप समितिले आयोजना भएको कार्यक्रमको सभापतित्व बिधालयका बिहान सत्रका संयोजक विस्णुप्रसाद रिजालले गरेका थिए भने उत्कृष्ट तहगत नृत्यलाई नगद रु.२०००,१५०० र १००० का साथै प्रमाण-पत्र गरिएको थियो ।