बेनीघाट रोराङ स्तरीय नृत्यमा राईजिङ स्टार प्रथम

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २९, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले बालदिवसको अवसरमा आयोजना गरेको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा चरौदी स्थित राईजिङ स्टार बोर्डिङ प्रथम भएको छ ।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) को अध्यक्षतामा भएको उक्त प्रतियोगितामा पालिका भित्रका १२ मावि मध्य ११ वटा विद्यालयले भाग लिएका थिए । जस मध्य मलेखु स्थित ब्राईट फ्यूचर बोर्डिङ दितिय, मझिमटार स्थित शंखादेवी मावि तृतिय र रिचोकटार स्थित वागेश्वरी मावि सान्तोना भएका छन् ।