धादिङ । जिल्लाका १२ क्लवले भाग लिएको धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिता सेमिफाईनल प्रबेस गरेको छ । १२ टिम मध्य धादिङ फुटबल क्लव नीलकण्ठ, हाइवे स्पोट्स क्लव बेनिघाट रोराङ, देवालीछाप युवा क्लव थाक्रे, र बच्छलादेवी युवा क्लव धुनीबेसी सेमिफाईनल प्रवेस गरेका छन् ।
जिल्ला फुटबल धादिङका सचिव उपेन्द्र डी लामाका अनुसार समिफाईनलका दुई खेल शनिबार दिउँसो हुनेछ भने फाईनल खेल आईतबार हुनेछ । भोली हुने उक्त सेमिफाईनल खेल:
- धादिङ फुटबल क्लव नीलकण्ठ vs हाइवे स्पोट्स क्लव बेनिघाट रोराङ
- देवालीछाप युवा क्लव थाक्रे vs बच्छलादेवी युवा क्लव धुनीबेसी
सेमिफाईनल पुग्नका लागि आज भएको खेलमा धादिङ फुटबल क्लवले सम्बाहक यूवा क्लवलाई २–१ को गोल अन्तरले पराजित गरेको थियो भने बच्छलादेवी युवा क्लले पिपलटार युवा क्लवलाई निर्धारित समयमा १–१ गोल भएपछि पेनाल्टीमा ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।
नकआउट प्रतियोगितामा यी टिम सहभागि थिए
- हाइवे स्पोर्ट्स क्लव, बेनीघाट रोराङ (सेमिफाईनल प्रवेस)
- धादिङ जेसिस, धुनीबेसी
- संवाहक युवा क्लव, धुनीबेसी
- वच्छलादेवि युवा क्लव, धुनीबेसी (सेमिफाईनल प्रवेस)
- देवाली छाप युवा क्लव, थाक्रे (सेमिफाईनल प्रवेस)
- अरुणोदय युवा क्लव, सिद्धलेक
- पिपलटार युवा क्लव, सिद्धलेक
- लालिगुँरास युवा क्लव, सिद्धलेक
- धादिङ फुटबल क्लव, धादिङ नीलकण्ठ (सेमिफाईनल प्रवेस)
- मुनाल एकेडेमी, गजुरी
- आहुती युवा क्लव, थाक्रे
- शुभारम्भ युवा क्लव, ज्वालामुखी
यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छ । तर यो पटकको नकआउट विजेताले यस वर्षको जिल्ला लिग भने खेल्न नपाउने र अर्को वर्ष हुने जिल्ला लिग खेल्न पाउने एन्फाको नियम रहेको जिल्ला फुटबल संघ धादिङका धादिङका महासचिव रामहरि थापाले बताए ।
सेमेफाईनलमा पुगेका क्लवबाट को-को खेल्दै छन् खेलाडीको नाम
धादिङ फुटबल क्लव, नीलकण्ठ
१. गोपीकृष्ण भण्डारी, २.अजय वि.क., ३. सुवास वि.क., ४. अमित तामाङ, ५. सुजित गुरुङ, ६. मिलन श्रेष्ठ, ७. सन्देश तामाङ, ८. आयुष तामाङ, ९. सन्तोष तामाङ, १०. कविन्द्र तामाङ, ११. सन्दिप तामाङ, १२. श्याम तामाङ, १३. आनन्द तामाङ, १४. राजन बोहरा, १५. अर्जुन तामाङ, १६. लालदुहवमा तामाङ
हाइवे स्पोट्स क्लव, बेनिघाट रोराङ
१. साजन आले मगर, २. सुमन मगर, ३. विशाल तामाङ, ४. प्रशान्त शाही ठकुरी, ५. रामहरि चेपाङ, ६. आयुष गिरी, ७. मिलन लामा, ८. सुरज चेपाङ, ९. सिम्पल तामाङ, १०. मनिश मल्ल ठकुरी, ११. आशिष् गिरी, १२. अजिम मिया, १३. शाहिल शाह, १४. कुमार विश्वकर्मा, १५. अशोक गुरुङ, १६. दुर्गा गुरुङ
देवालीछाप युवा क्लव,थाक्रे
१. अमित थापा क्षेत्री, २. विशाल तामाङ, ३. प्रितम तामाङ, ४. विनोद तामाङ, ५. पासाङ तामाङ, ६. सन्देश तामाङ, ७. विनोद तामाङ, ८. मधु घले, ९. अन्जन आले मगर, १०. किरण थोकर तामाङ, ११. अक्कल बहादुर तामाङ, १२. राम बहादुर तामाङ, १३. प्रकाश तामाङ, १४. गौतम तामाङ, १५. उमेश तामाङ, १६. देवा तामाङ, १७. सरोज भोलान तामाङ, १८. बुद्धिमान घलान
बच्छलादेवी युवा क्लव, धुनीबेसी
१. सचिन तामाङ, २. सुमित तामाङ, ३. सुजन तामाङ, ४. युवराज तामाङ, ५. सुवास घलान, ६. अमन राज थापा, ७. प्रदिप तामाङ, ८. सुरेन्द्र खकुराल, ९. रोजन श्रेष्ठ, १०. अर्जुन तामाङ, ११. निश्चल घले, १२. सुरोज गुरुङ, १३. सुजल भुजेल, १४. रोशन घलान, १५. किरण थापा, १६. कुमार तामाङ