
धादिङ । सत्तासिन कांग्रेस निकट नेपाल शिक्षक संघ धादिङले संसदमा बुधवार दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई जलाएको छ ।
धादिङबेसी स्थित बीचबजारमा जम्मा भएका शिक्षक संघ धादिङमा आवद्ध भएका शिक्षकहरुले संघीय सरकारद्वारा संघीय संसद सचिवालयमा बुधबारका दिन दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ २०८० विद्यालयसँग सरोकारित सम्पूर्ण पक्षको विरोधी रहेकोले जलाईएको शिक्षक संघ धादिङका अध्यक्ष देवि पूसाद छत्कुलीले बताए ।
संघीय सरकारद्वारा यस कालो विधेयक तुरुन्त फिर्ता लिन समेत उनीहरुले माग गरेका छन् ।