धादिङ । धादिङमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु वडा केन्द्रित बनेका छन् । वडामा पार्टी बलियो नबने सम्म पार्टीको जग बलियो हुँदैन तसर्थ जग बलियो बनाउने अभियान अन्तरगत पार्टीको सम्पूर्ण नेता तथा कार्यकर्ता वडा केन्द्रित बनेको जिल्ला संयोजक भण्डारी बताउँ छन् ।
पार्टीको बेस भने कै गाउँ टोल हो । तसर्थ अहिले हामी वडामा छौं, जनताका घर दैलो मुख्य अभियान हो । यो अभियानको क्रममा हामीले पार्टी सदस्यता विस्तार, प्रशिक्षण, वडा टोल कमिटी गठन, सहिद, वेपत्ता परिवार, घाईते अपाङ्ता भएका व्यक्ति र जनयुद्धमा प्रत्यक्ष सहयोग गर्नेहरु सँग विशेष अन्तरक्रियालाई जोड दिईएको संयोजक भण्डारीले बताए ।
एकाध केहि वडाहरुमा बाहेक धादिङका सबै वडाहरुमा अभियान केन्द्रको मर्मअनुरुप सचालन भएको दावी गर्दै यो तिन महिने अभियानको दौरानमा धादिङमा १ लाख मतदाता भेट्ने, पार्टी सदस्यता २४ हजार पुर्याउने लक्ष्य राखिएको बताए ।