रवि लामिछाने भदौ २९ गते बेनीघाट रोराङको भेलामा आउने

Avatar photo
Dhadingpost
बुधबार, भदौ २७, २०८०

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ २९ गते हुने बेनीघाट रोराङ गाउँपालिका भेलामा आउने भएका छन् ।

बेनीघाट रोराङको गौमती भैरवी कृषि सहकारीको हलमा हुने पालिका स्तरीय उक्त भेलामा उप-सभापति डोलप्रसाद अर्याल, तोसीमा कार्की, रमेश प्रसाई लगायतका केन्द्रिय नेताहरु समेत आउने रास्वपा धादिङले जनाएको छ ।