धादिङमा साउन यता डेंगु संक्रमित संख्या २ हजार ९१४ जना पुग्यो, दुईको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २६, २०८०

धादिङ । धादिङमा आज ४८ जनामा डेंगु संक्रमण पुष्टि भए सँगै साउन यता डेंगु संक्रमण हुनेको संख्या २ हजार ९१४ जना पुगेको छ भने यहि अवधिमा डेंगुका कारण धादिङमा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा आज ६ जना स्क्रबटाईफस संक्रमित थपिएका छन् । साउन यता धादिङमा स्क्रबटाईफस संक्रमित १२५ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १ रहेको छ ।