एमाले बागमती प्रदेश अध्यक्षमा धादिङका २ सहित ८ जना आकांक्षी

Avatar photo
Dhadingpost
भदौ २३, २०८०

धादिङ । नेकपा एमाले एमालेको प्रदेश अधिवेशन असोज ८(९ गते हुँदैछ । आगामी कायैकालका लागि अध्यक्ष को भन्ने दौडमा धादिङका दुई सहित ८ जना आकांक्षी देखिएका छन् ।

अहिलेसम्म नेतृत्वका बारेमा ठ्याक्कै अड्कलवाजी लगाउन नसकिएपनि अध्यक्षका आकांक्षीहरुले आफ्नो भित्री तयारी शुरु गरेका छन् जस मध्य धादिङमा खेम प्रसाद लोहनी र भूमि त्रिपाठी छन् ।

अधिवेशनले २ सय ४० जनाको कमिटीमात्रै चयन गर्दैछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । हाल ४ सय ७७ जना रहेको बागमती प्रदेश कमिटीमा सर्वसम्मात नभए मतदानबाट नयाँ नेतृत्व चयन हुनेछ ।

अहिलेसम्म अध्यक्षका लागि ८ जना नेताहरुको चर्चा छ । हालसम्म अध्यक्षको लागि धादिङका दुई सहित केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवम बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी मुख्य दाबेदार देखिएका छन् ।