माओवादीको धादिङ-पोखरा जनसम्पर्क मन्चको तिज विशेष कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २३, २०८०

धादिङ । माओवादी केन्द्रको धादिङ-पोखरा जनसम्पर्क मन्चले कार्यकर्ता भेटघाट तथा तिज विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा माओवादी केन्द्रको केन्द्रीय सदस्य सोमती गुरुङको प्रमुख आतिथ्यता, माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, पोखरा महानगरपालिका अध्यक्ष हरि नारायण गिरी, नेताहरु लक्ष्मण रम्तेलm दिपक खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।