चेपाङ समुदायको विकासका लागि कार्यदल बनाउँदै छौं -मुख्यमन्त्री जम्कट्टेल

Avatar photo
उपेन्द्र जम्कट्टेल
शुक्रबार, भदौ २२, २०८०

धादिङ । चेपाङ समुदायको विकासका लागि बागमती प्रदेश सरकारले कार्यदल बनाउने तयारी गरेको बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बताए ।

धादिङको गजुरी–५ च्याङ्लीमा आयोजित न्वागी पर्व विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेलले सीमान्तकृत चेपाङ समुदाय, विपन्न समुदायको विकास हामी गर्छौ । हामी सँग योजना छ । चेपाङ संरक्षित क्षेत्रमा विकासका आयामहरु कार्यदल बने सँगै लागुहुने बताएका हुन् ।

चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी पर्वको अवसरमा गजुरी च्याङ्लीमा गए राति रातभर ढ्याङ्ग्रोमा फलाकेर आज न्वागी पूजा गरिएको थियो भने दिउँसो भव्य समारोहका बीच शुभकामा आदान प्रदान गरिएको थियो ।