
धादिङ । धादिङबेसी स्थित नीलकण्ठ सप्लायर्सका व्यापारी समेत रहेका नीलकण्ठ नगरपालिका– ४ का ३३ वर्षीय पुर्णबहादुर श्रेष्ठलाई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको छ ।
धादिङ्ग कै एक १५ वर्षीया बालिकालाई ससाहको जंगलमा लगि बलत्कार गरेको आरोपमा उनलाई प्रहरीले भदौ २० मा पक्राउ गरेको हो ।
आरोपितले बालिकालाई भदौ २० गते बिहानै राती नीलकण्ठ नगरपालिका–८ ससाह जंगल क्षेत्रमा र र सिद्धलेक गाउँपालिका –६ मा कच्ची सडकमा बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा पेश गरिएको जाहेरीमा उल्लेख छ ।
आरोपित श्रेष्ठ विरुद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ ।
उनी निर्दोश रहेको भन्दै छुटाउन नेताहरु प्रहरी कार्यालय पुग्न थालेको र आफूहरु अन्यायमा पर्न सक्ने पिडित पक्षले धादिङपोष्टलाई बताए ।