धादिङ । जिल्ला फुटबल संघ धादिङले भदौं २७ गतेबाट संचालन गर्ने नकआउट फुटबल प्रतियोगितामा जिल्लाका १० वटा क्लवहरुले भाग लिने भएका छन् ।
गत सिजनमा जिल्ला लिगचरण पार गर्न नसकेको अरुणदय युवा क्लव आदमटार, सिद्धलेक सहित अन्य नयाँ क्लवहरुलले यस प्रतियोगितामा भाग लिन भएका हुन् ।
यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छ । यसअघि नै जिल्ला लिगका लागि १० टिम छनोट भैसकेका छन् यो नकआउट सकिना साथ लिग सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए ।
यी हुन् नक-आउट खेल्ने टिमहरु
- हाइवे स्पोर्ट्स क्लव, वेनिघाट रोराङ गाउँपालिका मझिमटार
- धादिङ जेसिस, धुनीबेसी नगरपालिका धार्के
- संभायोग युवा क्लव, धुनीबेसी नगरपालिका खानिखोला
- वच्छलादेवि युवा क्लव, धुनीबेसी नगरपालिका
- देवाली छाप युवा क्लव, थाक्रे गाउँपालिका
- अरुणोदय युवा क्लव, सिद्धलेक गाउँपालिका
- पिपलटार युवा क्लव, सिद्धलेक गाउँपालिका
- लालिगुँरास युवा क्लव, सिद्धलेक गाउँपालिका
- धादिङ फुटबल क्लव, धादिङ नीलकण्ठ नगरपालिका
- मुनाल एकेडेमी, गजुरी गाउँपालिका
जिल्ला लिग खेल्ने क्लवहरु
- धुनीबेसी युवा क्लव, धार्के, धुनीबेसी
- इन्द्रेणी युवा क्लव, आदमघाट, गजुरी
- गलौंदी युवा क्लव, गलौंदी, गजुरी
- धादिङ समाज धादिङ, धादिङबेसी नीलकण्ठ
- न्यू स्टार युवा क्लव महादेबेसी, थाक्रे
- पञ्चमन्या युवा क्लव एक्लेफाँट, थाक्रे
- विद्यार्थी उपकार संघ, धुवाँकोट, नीलकण्ठ
- भद्रकाली सामुदायीक विकास समाज, मलेखु, बेनीघाट
- गजुरी सामुदायीक विकास समाज, गजुरीबजार, गजुरीे
- व्वाईज यूनाईटेड धादिङबेसी, नीलकण्ठ
- अब हुने नकआउट विजेत टिम