धादिङमा स्क्रबटाईफस संक्रमित संख्या १०७ पुग्यो

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २१, २०८०

धादिङ । धादिङमा साउन याता स्क्रबटाईफस संक्रमित संख्या १०७ जना पुगेको छ जसमा ७ जना संक्रमित थपिएका छन् भने यो अवधिमा स्क्रबटाईफस संक्रमण कारण १ जनाको मृत्यु भएको छ ।

एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सुक्ष्म हुन्छ । यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।