मझिमटारमा असोज ४ देखि अञ्जन स्मृति कप फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २१, २०८०

धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ ले मझिमटारमा असोज ४ गते बाट अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिता गर्ने भएको छ ।

प्रतिष्ठनका प्रवक्ता सुजन भट्टराईका अनुसार यस प्रतियोगिता संचालनका लागि मुल आयोजक समिति विभिन्न उप समितिहरु बनाई तयारी थालिएको छ । प्रतियोगिताको विजयी छिमले ५० हजार र उप विजेता टीमले२५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार जित्ने उनले बताए ।

प्रतियोगिता संचालनका लागि मुल आयोजक समितिको अध्यक्षमा विनोद शाह, उप समिति अन्तरगत संयोजकहरुमा आर्थिक व्यवस्थापन सन्तोष रिजाल, मैदान व्यवस्थापनमा किरण थापा, प्रचार प्रसारमा सन्तोष पौडेल, अथिति सत्कारमा चन्द्रकुमारी शाही, सुरक्षा व्यवस्थापनमा शिवराज तिवारी, स्वयमसेवाक व्यवस्थापनमा दिपेश रिजाल, खेलाडी व्यवस्थापनमा अभिषेक तिवारी, प्राथमिक उपचारमा रमेश अर्याल, पुरस्कार तर्फ अनिल रिजाल, सरसफाई तथा खानेपानीमा मुक्तिबहादुर घिमिरे रहेका छन् ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ ।