काठमाडौं । कुखुराको अण्डाको विषयमा वादविवाद हुँदा कुटपिट गरी हरि कुमाललाई हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मोरङ, विराटनगर महानगरपालिका-११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमाललाई कुखुराको अण्डाको विषयमा कुटिपट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई सोमबार साँझ पक्राउ गर्रिको प्रहरीले जनाएको हो ।