मार्पाक प्रिमियर लिग: दशाैं संस्करणकाे बिजेता बन्यो सीसीएम

Avatar photo
Dhadingpost
आइतवार, भदौ १७, २०८०

काठमाडौं । नेत्रावती डबजाेङ गाउँपालिका व्यापी फुटसल प्रतियोगिता मार्पाक प्रिमियर लिग (MPL) को विजेता मार्पाक सामुदायिक क्लब (CCM) बनेको छ भने प्रतियोगितामा उप-विजेता मार्पाक आर्मी टिम (MAT) बनेको छ ।

दशाैं संस्करणकाे एमपिएलको विजेता बनेकाे मार्पाक सामुदायिक क्लब (CCM) ले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाण-पत्र साथै उप-विजेता बनेकाे मार्पाक आर्मी टिम (MAT) ले नगद रु ५ हजार, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छ ।

त्यस्तै, डुप्चे युवा क्लब ‘ ए ’ र डुप्चे युवा क्लब ‘ बी ’ सेमिफाईनलिस्ट भएका छन् , उनीहरुले पनि नगद रु २/२ हजार प्राप्त गरे । त्यसैगरि उत्कृष्ठ गोलकिपर मार्पाक सामुदायिक क्लब (CCM) का एक बहादुर घले, उत्कृष्ट फरवार्ड सिसिएमकै यम गुरुङ्ग र उत्कृष्ट डिफेन्स मार्पाक आर्मी टिम (MAT) का भुपाल अधिकारी बनेका छन् , उनीहरुलाई पनि मेडल, प्रमाण-पत्र र आकर्षक गिफ्टका साथै नगद रु नगद १/१ हजार प्रदान गरिएको लिग ब्यबस्थापक काजिराम अधिकारीले बताए।

धादिङ्ग जिल्लाकाे नेत्रावति डबजाेङ्ग गाउपालिका भित्रका ५ वटा वडाहरुबाट कुल १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिता एन्फा रेफ्रिद्वारा लिग कम नक आउटको आधारमा संचालन गरिएको थियाे ।

प्रतियाेगिताकाे उदघाटन तथा समापन साथै पुरस्कार बितरण कार्यक्रममा नेत्रावती डबजाेङ्ग गाउपालिका, धादिङ्गकाका अध्यक्ष मेघनाथ रिजाल, दिब्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम कुमार अधिकारी र नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नम्बर ५ का भुतपुर्व वडाध्यक्ष डम्बर अधिकारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतियोगिताको आयोजक मार्पाक भेट्रान्स फुटसल टिम रहेकाे थियाे भने सह-आयोजक मार्पाक सामुदायिक क्लब (CCM) रहेको थियो ।