पारस खड्का विजयी

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १५, २०८०

काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । बागमती प्रदेशमा कुल ३७ मत मध्य २३ मत आफ्नो पक्षमा पादै पारसले चितवनका उमेश पियालाई हराउँदै विजयी भएका हुन् ।

पारस सँग प्रतिस्पर्धा गरेका पियाले १४ मत मात्रै ल्याएका थिए । बागमती प्रदेश कार्यसमितिका १३ जना र प्रत्येक जिल्ला संघबाट ४ जना गरी ३७ जनाले मतदान गरेका थिए ।

पारसको पुरै प्यानल नै बागमतीमा विजयी भएको छ । उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री विजयी भएका छन् । उनले रुपक रञ्जितलाई पराजित गरे । प्रेमले २३ र रुपकले १४ भोट प्राप्त गरे । त्यस्तै सचिवमा प्रशन्न शाक्यविजयी भएका छन् । प्रशन्नले २३ र प्रज्वल सापकोटाले १४ मत प्राप्त गरे । कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । सन्जयले २३ र विजय बोहोरा १४ भोट प्राप्त गरे ।

सदस्यहरुमा अजय विर पाण्डे(२३), अनिल अधिकारी, (२३), सन्जोग पोखरेल(२३), सुजन महर्जन(२३), नीराराजो पाध्याय (निर्विरोध), धिरज श्रेष्ठ (२३), शेखर श्रेष्ठ (२३), वसन्तराज सत्याल,(२३) र अनुपमान श्रेष्ठ (१६) मतका साथ विजयी भएका छन् ।