एड्भान्समा रक्षाबन्धन तथा गाईजात्रा विशेष कार्यक्रम

Avatar photo
Lawong Bijay
बुधबार, भदौ १३, २०८०

धादिङ । अतिरिक्त क्रियाकलापमा धादिङ जिल्लाकै उत्कृष्ट विद्यालय एड्भान्स एकेडेमीमा गाईजात्रा तथा रक्षाबन्धन विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरी सम्पन्न गरिएको छ । रक्षाबन्धन विशेष प्रिप्राइमरीका विद्यार्थीहरूका लागि राखी बनाउने र बाँध्ने कार्यक्रम आयोजना गरिएको थियो भने कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरूका लागि गाइजात्रा विशेष अन्तर सदनात्मक नाटक मञ्चन प्रतियोगिता आयोजना गरिएको थियो ।

नाटक मञ्चन प्रतियोगितामा नीलो सदन प्रथम, रातो सदन द्वितीय, हरियो सदन तृतीय र पहेँलो सदन सान्त्वना भएको थियो । छुट्टाछुट्टै सदनद्वारा प्रस्तुत नाटकहरूमा वैदेशिक रोजगारी, चाडपर्वमा हुने विकृति, लागुपदार्थ दुर्व्यसनी, भ्रष्टाचार, राजनीतिक अस्थिरता, राजनीतिमा युवावर्गको संलग्नता आदि विषयवस्तु प्रस्तुत गरिएको थियो ।

विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापहरू निरन्तर आयोजना र सञ्चालन गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए । विद्यालयले हरेक वर्ष गाइजात्रा विशेष नाटक मञ्चन प्रतियोगिता लगायत हरेक राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका दिवसहरूमा यस्तै प्रभावकारी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।