बेनीघाट रोराङको ‘बुलन्द आवाज खोजी अभियान’ मा को-को परे उत्कृष्ट दशमा ?

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १२, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले माध्यामिक विद्यालय स्तरीय तीन दिने ‘बुलन्द आवाज खोजी अभियान’ सम्पन्न गरेको छ ।

विद्यार्थीको नेतृत्व विकासका लागि गरिएको भनिएको यस कार्यक्रममा ९ वटा सामुदायिक विद्यालयहरुबाट उपस्थित १४५ जना बिद्यार्थीहरूले भाग लिएका थिए । भाग लिएका विद्यार्थी मध्य ४४ जनाले सेमिफाइनल पुगेका थिए । उनीहरू मध्यबाट पनि टप १० छनोट गरिएको छ ।

उत्कृष्ट १० मा पर्ने विद्यार्थीहरु
१. विवेक त्रिपाठी, चन्द्रोदय मावि विशालटार
२. निश्चल विक, राष्ट्रिय मावि खोरभञ्ज्याङ
३. प्रोसेस थपलिया, चन्द्रोदय मावि विशालटार
४. अञ्जली श्रेष्ठ, चन्द्रोदय मावि विशालटार
५. आराधाना पाण्डे, बागेश्वरी मावि रिचोकटार
६. यस्मिन खातुन, शंखादेवि मावि मझिमटार
७. ईश्वर सिलवाल, वागेश्वरी मावि रिचोकटार
८. राजिव भट्ट, चन्द्रोदय मावि विशालटार
९. कृषा उप्रेती, चन्द्रोदय मावि विशालटार
१०. शर्मिला ढकाल, शंखादेवि मावि मझिमटार

कार्यक्रममा पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विबेक), उपाध्यक्ष टापबहादुर श्रेष्ठ, निमित्त प्रशासकीय अधिकृत बोधराज पाठक, वडा नम्बर ५,३,१ का अध्यक्षजह्यूरू, शिक्षा समितिका सदस्य हेमनाथ थपलिया, शिक्षा शाखाका स्रोतव्यक्ति रामेश्वर पोखरेल, सहभागी दश वटा स्कूलका प्रधानाध्यापकहरु तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।