भारतमा धादिङका चार खेलाडीले जिते स्वर्ण

Avatar photo
Dhadingpost
सोमवार, भदौ ११, २०८०

धादिङ । भारतको जल्पाईगुरीमा सम्पन्न भएको प्रथम जल्पाईगुरी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पेन्सिपमा धादिङका आठ खेलाडी मध्य चार खेलाडीले स्वर्ण पदक जित्न सफल भएका छन् ।

नेपाल तेक्वान्दो संघमा आवद्ध रहेका मलेखु तेक्वान्दो डोजाङ र पाविल हिमाल तेक्वान्दो डोजाङबाट आठ जना खेलाडीहरु उक्त प्रतियोगितामा सहभागी थिए जसमा २७–२९ केजी तर्फ स्मृति श्रेष्ठ, ३३–३७ केजी तर्फ जस्विन थापा मगर, ४१–४५ केजी तर्फ रोशन मगर र ४५–४९ केजी तर्फ प्रशान्त तामाङले स्वर्ण जितेका हुन् ।

पाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार संघ अगष्ट २६ र २७ तारिक भएको उक्त प्रतियोगितामा २९–३२ केजी तर्फ आकृति लामा, २७–२९ केजी तर्फ सफल भण्डारी, ३७–४१ केजी तर्फ आभाष श्रेष्ठले कास्य पदक जितेका छन् ।

उक्त प्रतियोगितामा धादिङका तेक्वान्दो प्रशिक्षक धनबहादुर गुरुङले पनि निर्णायकको भुमिका गरेका थिए ।