कराँते महासंघ धादिङको अध्यक्षमा बलराम रानामगर चयन

Avatar photo
Dhadingpost
आइतवार, भदौ १०, २०८०

धादिङ । धादिङका कराँते प्रशिक्षक भिमबहादुर गुरुङको अध्यता तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको कराँते महासंघ धादिङको प्रथम अधिवेशनबाट बलराम रानामगर जिल्ला अध्यक्षमा चयन भएका छन् ।

अधिवेशनले उपाध्यक्षमा शेरबहादुर तामाङ, सुदिप श्रेष्ठ, राजेन्द्र तामाङ, सचिवमा मिथुन तामाङ, सह सचिवमा सन्दिप तामाङ, कोषाध्यक्षमा कविता रञ्जितकार र सदस्यहरुमा मनोहर विक, दावरी तामाङ, सन्तबहादुर तामाङ, करण गुरुङ, सन्दिप अधिकारी, दिवाकर रञ्जितकार, सन्देश घले, सामुएल तामाङ, मनिश तामाङ, सुदिप तामाङ, रोशन घले, साजनी तामाङ, सुजन श्रेष्ठलाई चयन गरेको छ ।