धादिङमा स्क्रबटाईफस संक्रमित संख्या ८३ पुग्यो, आज ९ थपिए

Avatar photo
Dhadingpost
आइतवार, भदौ १०, २०८०

धादिङ । धादिङ जिल्लामा यतिबेला डेंगु, आँखा पाक्ने रोग र स्क्रबटाईफस संक्रमण तिब्रगतिमा फैलिरहेको छ ।

धादिङमा साउन याता स्क्रबटाईफस संक्रमित संख्या ८३ जना पुगेको छ भने ७ जना स्क्रबटाईफस संक्रमित थपिएका छन् ।

एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सुक्ष्म हुन्छ । यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।