माओवादी नेता जनार्दन शर्मा आज धादिङबेसी आउँदै

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ८, २०८०

धादिङ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकका लागि नेता जनार्दन शर्मा ( प्रभाकर) आज धादिङबेसी आउने भएका छन् ।

जिल्ला सचिव दिपक लामिछाने (सुबोध) का अनुसार भदौ १६ देखि देशभर एक साथ उद्घाटन हुने तीन महिने अभियान जनतासंग माओवादी (विशेष रुपान्तरण अभियान –२०८०) तयारी बैठकका लागि बागमती प्रदेशका इञ्चार्ज जनार्दन शर्मा सहित केन्द्र र प्रदेशमा नेतृत्व गर्ने सबै नेताहरु आज हुने बैठकमा सहभागि हुने कार्यक्रम रहेको छ ।

आजको बैठकले तीन महिने अभियानका लागि नेता तथा कार्यकर्ताको कार्य विभाजन सहितको योजना बनाउने बताईएको छ ।

माओवादीको तीन महिने अभियान भदौ १६ देखि मंसिर १५ सम्म देशभर हुने बताईएको छ । अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटै प्रदेशका ७ वटा वडामा जाने जाने कार्यक्रम रहेको छ । अभियान का लागि कार्यकर्ता ‘नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमामा परिचालन गरिने बताईएको छ ।