धादिङ तिप्लिङमा पाक्न थाल्यो फुजी स्याउ

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ५, २०८०

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका १, तिप्लिङ्ग, मचेत गाँउमा फुजी स्याउ पाक्न थालेको छ ।

स्थानीय यौहान तामाङले ५ रोपनी जग्गामा लगाएको २०० बोटमा स्याउ फाक्न थालेको हो । स्थानीय स्तरमा प्रति केजी १५० रुपैँयामा विक्रि हुन थाले पनि बजार पठाउन नसकिएको यौहान तामाङ बताउँछन् ।

स्याउ पाक्न थाल्यो वर्षादले अवरुद्ध सडक संचालन हुन सकेको छैन गत वर्ष थोरै मात्रामा उत्पादन हुँदा स्थानीय स्तर मै खपत हुन्थ्यो, यो पटक धेरै फलेको छ तर बजार पुर्याउन कठिनाई भईरहेको उनले बताए ।

उनले स्याउँ बारीभित्र अवलोकन प्रतिव्यक्ति २०० तोकेका छन् । यहि शुल्कमा स्याउको बोट क्षेति नहुने गरि पेटभरि खाएर फर्कन पाईने बताए । हिमालको काखमा फलेको फुजी स्याउ अत्यन्त स्वादिलो छ तर बजार कसरी पुर्याउने समस्यामा रहेको उनले भने । स्याउका लागि आफुलाई 9841117532 सम्पर्क गर्न सकिने जनाएका छन् ।