धादिङका ३३ सहित देशभरका ३ हजार विद्युत कर्मचारी आन्दोलित

Avatar photo
Dhadingpost
भदौ ५, २०८०

धादिङ । धादिङका ३३ जना सहित देशभरका ३ हजार भन्दा बढी विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार आज केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।

संघर्ष समिति बनाएर आन्दोलनमा होमिएका उनीहरुले दैनिक ज्यालादारी कर्मचारीहरुलाई मासिक ज्यलादारी बनाउने सहमति कार्यान्वयन गर्नु पर्ने, निकालिएका दैनिक ज्यालादारी कर्मचारीलाई पुर्नवहाली गर्नुपर्ने, ने.वि.प्रा.मा कार्यरत सम्पूर्ण दैनिक ज्यालादारी कर्मचाीलाई प्रक्रिया पुर्‍याई एकमुष्ट स्थायी बनाउनुपर्ने, औषधी उपचार तथा दुर्घटना, विमाको व्यवस्था गर्नुपर्ने लगायत मागहरू अघि सारेका छन् ।

धादिङमा मात्रै बर्षौ देखि दैनिक ज्यालादारीमा काम गरि रहेका विद्युत प्राधिकरणका कर्मचारी ३३ जना छन् ।