बागमतीले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा गर्ने

Avatar photo
Dhadingpost
सोमवार, भदौ ४, २०८०

काठमाडौं । बागमती प्रदेश १३ खेल समाबेस अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन २४ देखि ३० गतेसम्म गर्ने भएको छ । प्रदेशखेलकुद विकास परिषद्, बागमती प्रदेशको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले दोस्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्य–सचिव भण्डारीले जानकारी दिनुभयो । दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय पनि गरेको छ । त्यस्तै स्थानीय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मङ्सिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ ।