धादिङमा आज ९० जनामा डेंगु

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १, २०८०

धादिङ । धादिङ जिल्लामा आज ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज धादिङमा नीलकण्ठ नगरपालिकामा ६६, बेनीघाट रोराङमा १५, सिद्धलेकमा ४, ज्वालामुखीमा २, नेत्रावती डवजोङ, खनियाबास र रुबीभ्यालीमा १–१ गरी ९० जनामा डेंगु पुष्टि भएको हो ।

यो सँग धादिङमा साउन यता डेंगु संक्रमण हुनेको संख्या १८४५ जना पुगेको छ भने मृत्यू हुनेको संख्या १ रहेको छ ।