धादिङ अस्पतालमा आज देखि ७९ वटा बेड निःशुल्क

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १, २०८०


धादिङ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालको स्वीकृत बेड ५० हो तर पनि आवश्यकताको आधारमा वेड संख्या थपेर ९० बेडमा संचालन भई रहेको यस अस्पतालले आज देखि आइसीयुको ५ वेड, एनआइसीयुको ५ बेड र क्याबिन १ वेड बाहेक अरु ७९ वटा बेड आज देखि निःशुल्क गरेको छ ।

बागमती प्रदेशले प्रदेशको १३ अस्पतालका आठ सय शय्या निःशुल्क गर्ने कार्यक्रम अनुसार धादिङ अस्पतालले पनि ७९ वेड नि:शुल्क गरेको हो । यसअघि धादिङ अस्पतालले अन्तरग शाखामा प्रतिदिन प्रति वेड १०० र आकस्मिक शाखामा बेडमा बसेर उपचार गरेबापत प्रति बेड शुल्क १०० लिँदै आएको थियो ।