जलेश्वरीमा विज्ञान प्रर्दशनी

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १, २०८०

धादिङ । सिद्धलेक गाउँपालिका ४ स्थित जलेश्वरी मावि सलाङघाटमा विज्ञान प्रदर्शनी मेला सम्पन्न भएको छ । प्रर्दशनीमा ५५ भन्दा बढी विज्ञान सँग सम्बन्धीत स्टलहरु राखिएको थियो । दुई दिने उक्त कार्यशाला एवम् विज्ञान प्रर्दशनीमा जलेश्वरी माविमा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु, छिमेकी विद्यालयका विद्यार्थी सहभागि थिए ।

मेलाको उद्घाटन सोडियम बम, ड्रोन, मिनि रकेट र ज्वालामुखी विष्फोटन गराई भएको थियो । मेलमा ड्रोन, मिनि रकेट, ज्वालामी विष्फोटन, सोडियम बक, स्काभेटर, झोलुङ्गेपुल, जलविद्युत, शरिका विभिन्न प्रणलीहरुको नमुना, विद्युतिय पंखा, सौर्य प्रणलीको ननमुना, विद्युत घण्टी, नमुना शहर, वायू उर्जा लगायत अन्य विद्युतिय उपकरण, जीव विज्ञान, रसायन शास्त्र, कृष्ट नमुनाका उपकरणहरु निमार्ण गरि प्रर्दशनीमा राखिएको आयोजक जलेश्वरी माविका शिक्षक सन्दिप थापामगरले बताए ।

प्रर्दशनीमा भौतिक शास्त्री सुरेश अर्याल, इञ्जिनियर मनोज मगर, भूग-र्भशास्त्रमा अध्ययनरत सुजाता सुवेदी र सृष्ठि श्रेष्ठ, Bosc Education का विशाल मगरले सहजिकरण गरेका थिए ।

तस्वीरमा देखिएको विज्ञान प्रदर्शनी