धादिङबेसीका स्कुलहरु आई फ्लु र डेंगु कारण धमाधम विदामा

Avatar photo
Dhadingpost
बिहिबार, साउन ३२, २०८०

धादिङ । धादिङबेसी सदमुकाममा रहेका विद्यालयहरु आई फ्लु र डेंगु संक्रमणका कारण विदा हुन थालेका छन् ।

आई फ्लु र डेंगु संक्रमणका कारण एड्भान्स एकेडेमी, न्यू किबो, सुनगाभा लगायतका विद्यालयहरुले विदा दिई सकेका छन् ।

एड्भान्स एकेडेमीका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्ट सँग कुरा गर्दै भने आई फ्लु र डेंगुको संक्रमणले प्रत्येक कक्षामा करिब २५५ भन्दा बढी विद्यार्थी र शिक्षक पनि सोही अनुपातमा अनुपस्थित रहेकोले भाद्र १ र ३ गते सम्म विदा विदा दिएका छौं ।