नीलकण्ठको ६३ सहित धादिङमा आज ७३ जनालाई डेंगु

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३०, २०८०

धादिङ । धादिङमा एक साता देखि दैनिक ५० भन्दा माथिको संख्यामा डेंगु संक्रमित थपि रहेका छन् । आज नीलकण्ठको ६३ सहित धादिङमा ७३ जनालाई डेंगु पुष्टि भएको छ ।

आज नीलकण्ठमा ६३, सिद्धलेकमा ४, ज्वालामुखी र त्रिपुरासुन्दरीमा २–२, गंगाजमुना र खनियाबासमा १–१ जना गरी ७३ जनामा डेंगु पोजेटिभ देखिएको हो ।

यो सँगै धादिङमा डेंगु सक्रमित संख्या १६०५ पुगेको छ । जस मध्य १४०० नीलकण्ठमा देखिएको हो ।