धादिङ सल्यानटार स्थित नृसिंह धाममा आज जे देखियो (दश तस्वीर)

Avatar photo
सन्जु श्रेष्ठ
सोमवार, साउन २९, २०८०

धादिङ । ऎतिहासिक पुरातात्त्विक पौराणिक तथा पर्यटकिय रूपमा महत्वपूर्ण मानिएको सल्यानटार स्थित दुई पवित्र नदी नेत्रावती र बुढीगण्डकीको संगम स्थलमा नृसिंह धाम रहेको छ ।

वैदिक सनातन शास्त्र अनुसार भगवान नर्सिहदेवको विभिन्न १२ पिठ मध्य यो एक पर्दछ, नृसिंह धाम जुन नेपालको एक मात्र स्थान हो । शास्त्रीय हिसावले दुई नदी नेत्रावती र बुढीगण्डकीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पूराण समेत व्याख्या गरिएको छ । भक्त प्रह्लादले तपस्या गर्दा भगवान नृसिंहले जुन नदीबाट प्रकट भएर दर्शन दिनुभयो त्यो नदीको नाम नार सिंह भनेर रहन गयो र त्यो नदी नै अहिले आँखुखोला नामले चिनिन्छ ।

नेत्रावती नदी भगवान शिवजीको आँखाबाट बगेको हुन भन्ने जनविश्वास पनि छ । स्फटिक खम्बाबाट नर्सिहधाम हुँदै आगिन्चोक सम्म पुग्दा भगवान नृसिंह प्रकट भएको स्थल, हिलिका दहन भएको स्थल (आगिन्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनुभएको स्थल यहि स्थान हो । यहि स्थान मा भक्त प्रहाल्दले तपस्या गरेर नृसिंह भगवान प्रकट भै दर्शन दिएको शास्त्रमा उल्लेख गरिएको छ ।

कसरी पुग्ने नृसिंह धाम
धादिङबेसीबाट टारीबेसी हुँदै बसमा सल्यानटार सजिलै पुग्न सकिन्छ । धादिङबेसी सल्यानटारको बसको यात्रा करिव १ घण्टा ४५ मिनेको हो । धादिङ आरुघाट बसले सल्यानटार सम्म १ः४५ मिनेटमा सल्यानटार पानी ट्याङ्की पुर्याउँछ भने त्यसपछि धाम सम्म जाने म्याजिक भ्यान चड्नु पर्ने हुन्छ म्याजिक भ्यानले २५ मिनेटको यात्रामा नृसिंह धाम परिसर पुर्याउने छ ।

आजको तस्वीरमा नृसिंह धाम

धादिङपोष्टका लागि तस्वीरः दिलिप श्रेष्ठ