धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटार स्थित दुई पवित्र नदी नेत्रावती र बुढीगण्डकीको संगम स्थलमा रहेको पवित्र धार्मिक स्थल नृसिंह धाममा यतिबेला धार्मिक मेला लगेको छ । भारत र नेपालको विभिन्न स्थानबाट दैनिक हजारौं भक्तजनहरुले दर्शन गर्ने गरेका छन् ।
आज शनिबार मात्र २०० भन्दा बढी गाडीहरुमा दर्शनार्थीहरु आउँदा सडक जाम भई बुटारबाट नै हिंड्न् परेको थियो । आज एकै दिन पचासहजार भन्दा बढीले दर्शन गरेको र हाल सम्म १५ लाख भन्दा बढीले दर्शन गरेको आयोजक नृसिंह धाम विकास संरक्षण समितिले जनाएको छ ।
यस मन्दिरको इतिहास र महत्व
वैदिक सनातन शास्त्र अनुसार भगवान नर्सिहदेवको विभिन्न १२ पिठ मध्य यो एक पर्दछ, नृसिंह धाम जुन नेपालको एक मात्र स्थान हो । शास्त्रीय हिसावले दुई नदी नेत्रावती र बुढीगण्डकीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पूराण समेत व्याख्या गरिएको छ । भक्त प्रह्लादले तपस्या गर्दा भगवान नृसिंहले जुन नदीबाट प्रकट भएर दर्शन दिनुभयो त्यो नदीको नाम नार सिंह भनेर रहन गयो र त्यो नदी नै अहिले आँखुखोला नामले चिनिन्छ ।
नेत्रावती नदी भगवान शिवजीको आँखाबाट बगेको हुन भन्ने जनविश्वास पनि छ । स्फटिक खम्बाबाट नर्सिहधाम हुँदै आगिन्चोक सम्म पुग्दा भगवान नृसिंह प्रकट भएको स्थल, हिलिका दहन भएको स्थल (आगिन्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनुभएको स्थल यहि स्थान हो । यहि स्थान मा भक्त प्रहाल्दले तपस्या गरेर नृसिंह भगवान प्रकट भै दर्शन दिएको शास्त्रमा उल्लेख गरिएको छ ।
ऎतिहासिक पुरातात्त्विक पौराणिक तथा पर्यटकिय रूपमा महत्वपूर्ण सल्याटारमा रहेको यस नृसिंह धाम परिषर उत्खनन गर्दा विभिन्न पुरानो शिलाहरु पैसा फेला पनि परेको थियो । यसैलाई आधार मानेर ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा प्रयटकिय हिसाबले पनि यो स्थान महत्वपूर्ण मानिएकोले प्रचार एवम् प्रर्वद्धनमा विकास गाउँपालिकाले चासो देखाएको छ ।
भुकम्पबाट भत्किएको मन्दिर पुन: निर्माण
आर्थिक वर्ष ०७९/०८० मा ५० लाख सहयोग गरेको त्रिपुरासुन्दरी गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि यस धामलाई सहयोग गरिने गाउँपालिका प्रमुख राजु उप्रेतीले बताए । यस वषृ प्रदेश सरकाले पनि यस धामलाई १५ लाख विनियोजन गरेको छ ।
भुकम्पबाट भत्किएको मन्दिर पुन निर्माण, गुरुकुल भवन, आवास गृह, गौसला निर्माण गर्न २२ करोडको लागत अनुमान गरिएकोछ । हाल ९ करोड बराबरको काम सम्पन्न गरिसकेको नृसिंह धाम विकास संरक्षण समिति जनाएको छ ।
कसरी पुग्ने नृसिंह धाम
धादिङबेसीबाट टारीबेसी हुँदै बसमा सल्यानटार सजिलै पुग्न सकिन्छ । धादिङबेसी सल्यानटारको बसको यात्रा करिव १ घण्टा ४५ मिनेको हो । धादिङ आरुघाट बसले सल्यानटार सम्म १ः४५ मिनेटमा सल्यानटार पानी ट्याङ्की पुर्याउँछ भने त्यसपछि धाम सम्म जाने म्याजिक भ्यान चड्नु पर्ने हुन्छ म्याजिक भ्यानले २५ मिनेटको यात्रामा नृसिंह धाम परिसर पुर्याउने छ ।
तस्वीर सौजन्यः दिलिप श्रेष्ठ