नृसिंह धाम पुनः निमार्ण गर्न पालिकाको ५० लाख सहयोग

Avatar photo
सन्जु श्रेष्ठ
मङ्लबार, असार ७, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सल्यानटारमा निमार्ण धिन नृसिंह धामलाई ५० लाख प्रदान गर्ने बताएका छनु । धाम निमार्णका लागि आयोजित भागवत महापुराणमा सहभागिता जनाउँदै अध्यक्ष उप्रेतीले उक्त रकम घोषणा गर्दै धाम निर्माणमा गाउँपालिका सरकार साथमा रहने बताएका थिए ।

नरसिंह धाम विकास संरक्षण समितिको आयोजनामा असार ४ गतेबाट सुरुभएको नृसिंहधाम क्षेत्रको पुन निर्माणार्थ निम्ति सुरुभएको श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ असार १३ गते सम्म चल्ने समितिका अध्यक्ष फणिकान्त छत्कुलीले बताए ।

त्रिपुरासुन्दरी गाउँपालिका एक स्थित दुई पवित्र नदी नेत्रवती र बुढीगण्डकी को संगम स्थलमा रहेको पवित्र धार्मिक स्थल रानी पौवा माविको तल्लो प्राङ्गणमा ईश्वर कृष्ण महाराज र रुपा नुँगा परा विद्या पिठाधिस आदर्णीय गुरु श्रीबाश कृष्णदास सुवर्ण गुरुको मुखारविन्दबाट प्रवचन भइरहेको छ ।

सल्यानटार ऎतिहासिक पुरातात्त्विक पौराणिक तथा पर्यटकिय रूपमा महत्वपूर्ण स्थान हो । वैदिक सनातन शास्त्रको अनुसार भगवान नर्सिहदेवको विभिन्न १२ पिठ मध्य यो एक प्रदछ जुन नेपाल को एकमात्र स्थान हो । शास्त्रीय हिसावले दुई नदि नेत्रावती र बुढीगण्डकीलाई नार सिह र ब्राह्ममि भनेर स्कन्द पूराण व्याख्या गरेको पाइन्छ । भक्त प्रलाद्ले तपस्या गर्दा भगवान नर्सिहले जुन नदिबाट प्रकट भएर दर्शन दिनुभयो त्यो नदिको नाम नारसिहे भनेर रहन गयो र त्यो नदि नै अहिले नेत्रावति आखुखोला नामले चिनिन्छ ।

नेत्रावती नदि भगवान शिवजिको आँखा बाट बगेको हुन भन्ने जनविश्वास पनिछ । स्फटिक खम्बाबाट नर्सिहधाम हुँदै आगिन्चोक सम्म पुग्दा भगवान नर्सिह प्रकट भएको स्थल, हिलिका दहन भएको स्थल (आगिन्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनुभएको स्थल यहि स्थान हो । यहि स्थान मा भक्त प्रहाल्दले तपस्या गरेर नर्सिह भगवान प्रकट भै दर्शन दिएको उल्लेख पाइन्छ ।

यहाँ उत्खनन गर्दा विभिन्न पुरानो शिलाहरु पैसा फेला पनि परेको थियो । यसैलाई आधार मानेर ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा प्रयटकिय हिसाबले पनि यो स्थान महत्वपूर्ण भएकोले यस्को विकास गर्न यो भागवत आयोजना गरिएको आयोजकले जनाएकोछ ।

भुकम्पबाट भत्किएको मन्दिर पुन निर्माण, गुरुकुल भवन, आवास गृह, गौसला निर्माण गर्न २२ करोडको लागत अनुमान गरिएकोछ । हाल ४ करोड बराबरको काम सम्पन्न गरिसकेको आयोजकले जनाएकोछ । यी सम्पुर्ण काम ३ वर्षमा सम्पन्न गर्ने आयोजकले जनाएकोछ ।