धादिङ र गोरखा जोड्ने बेनीघाट रोराङ १० को झोलुङ्गे पुलमा क्षेति

Avatar photo
Dhadingpost
सोमवार, साउन २९, २०८०

धादिङ । केहि दिन देखिको अविरल वर्षापछि बढेको त्रिशुलीले धादिङ र गोरखा जोड्ने झोलुङ्गे पुलमा क्षेति पुर्याएको छ ।

२०६८ सालमा तुईन विस्थापित गरि निर्माण गरिएको उक्त झोलुङ्गे पुलमा क्षेति हुँदा ९४ घरधुरिलाई आवत जावतमा प्रत्यक्ष असर गरेको छ । यस्तै मझिमटार स्थित शङखादेवी माध्यमिक विद्यालयमा पढ्न आउने विध्यार्थीहरु समते पढ्न आउन सक्ने अवस्थामा छैनन् ।

नेपाल चेपाङ सङघको पटक पटक ध्यानाकर्षण पछि बाबुराम भट्टराईको सरकार हुँदा बनेको उक्त झोलुङ्गे पुल क्षेति हुँदा पुरै गाउँ आवत जावतमा समस्यामा रहेको शङखादेवी माध्यमिक विद्यालय शिक्षक तिलक चेपाङले धादिङपोष्टलाई बताए ।