काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ अस्पतालका आठ सय शय्या निःशुल्क गर्ने भएको छ। भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशका सरकार मातहतका अस्पतालको सेवालाई निःशुल्क गर्ने निर्णय गरेको छ।
प्रदेश सरकार अन्तर्गतका अस्पतालहरूमा आइसीयु , एनआइसीयु र क्याबिनबाहेक अन्य शय्या निःशुल्क गर्ने निर्णय गरेको हो। त्यस्तै मन्त्रालयले मस्तिष्कघात र हृदयघातका बिरामीलाई फिजियोथेरापी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ।
विपन्न , असहाय , अपांगका लागि अनिवार्य सामाजिक सेवा अनिवार्य गर्न निर्देशन दिएको छ। प्रदेशको मन्त्रिस्तरीय निर्णयले अस्पतालमा निर्णय कार्यान्वयन गराउन परिपत्र गरेको छ।
अस्पतालको सेवालाई आम नागरिकको हितमा निर्णय गरिएको स्वास्थ्यमन्त्री उत्तम जोशीले बताए। त्यस्तै मन्त्रालयले बागमती प्रदेशका आयुर्वेद अस्पतालमा फिजियोथेरापी निःशुल्क गर्ने छ।
मन्त्रालय मातहतका सरकारी, निजी, सहकारी, सामुदायिक अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गर्न निर्देशन दिइएको छ। अन्नपूर्णपोष्टबाट