धादिङमा आज ७४ जनालाई डेंगु नीलकण्ठमा ५७ जना

Avatar photo
Dhadingpost
आइतवार, साउन २८, २०८०

धादिङ । धादिङ जिल्लामा आज ७४ जनामा डेंगु संक्रमण हुँदा नीलकण्ठमा ५७ जना रहेका छन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार धादिङमा आज नीलकण्ठमा ५७, बेनीघाट रोराङमा १०, ज्वालामुखीमा २ र सिद्धलेक, नेत्रावती डवजोङ, खनियाबास, रुबीभ्याली १–१ जना रहेका छन् ।

यो सँगै धादिङमा डेंगु सक्रमित संख्या १४५२ जना पुगेको छ ।