धादिङ । होटल एसोसिएशन अफ नेपाल (हान) धादिङको अध्यक्षमा होटल जनजिविकाका संचालक राजाराम सिलवलाल चयन भएका छन् ।
शनिबार सम्पन्न भेलाले हान धादिङको वरिष्ठ उपाध्यक्षमा झमक खड्का, उपाध्यक्षमा क्रिक रिसोर्टका संचालक गोविन्द भण्डारी, महासचिवमा विश्वराम दुवाडी, सचिवमा राममहरि बराकोटी, कोषाध्यक्षमा कल्याण थापालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, सुवास बस्याल, पुरुषोत्तम रेग्मी, संगित थपलिया, विनोद सिलवाल र सुयोश मरहठ्ठा चयन भएका छन् ।