धादिङमा आज ८२ जनालाई डेंगु, नीलकण्ठको मात्रै ७० जना

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

धादिङ । धादिङमा आज ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जस मध्य नीलकण्ठको मात्रै ७० जना छन् ।

आज डेंगु संक्रमण पुष्टि हुनेमा नीलकण्ठमा ३२ पुरुष, ३८ महिला गरी ७० जना, ज्वालामुखी ४ जना, खनियाबासमा ३ जना, सिद्धलेकमा २ जना, त्रिपुरासुन्दरीमा २ जना र रुबीभ्यालीमा १ जना रहेका छन् ।

यो सँगै धादिङमा डेंगु संक्रमण हुनेको संख्या ६७२ पुरुष र ६१४ महिला गरि १ हजार २८६ जना पुगेको छ । थाक्रे बाहेक धादिङको सबै पालिकामा डेंगु फैलिएको छ, अहिले सम्मको रेकर्डमा यो साउनमा थाक्रेमा डेंगु संक्रमित भेटिएको छैन ।