कांग्रेस धादिङको अभियान जारी कुन पालिकामा कस्को जिम्मेवारी

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

धादिङ । नेपाली कांग्रेस धादिङले सुरुगरेको साताव्यापी आन्तरिक विशेष अभियानलाई प्रभावकारी बनाउन क्षेत्र र पालिका स्तरमा जिम्मेवारी तोकेको छ ।

मंगलबार केन्द्रिय प्रतिनीधि रामचन्द्र खड्काको विशेष उपस्थितिमा कांग्रेस धादिङको पदाधिकारी, जिल्लाका संघ र प्रदेशका क्षेत्रिय सभापतिहरु, पालिका सभापतिहरुको संयुक्त बैठकले आन्तरिक विशेष अभियान प्रभावकारी बनाउने निर्णय गरे सँगै वडा सम्म जिम्मेवारी तोकेको हो ।

भाद्र १ गते सम्म चल्ने यस अभियनामा जिल्ला कार्यसमिति देखि वडा हुँदै टोल कार्य समिति सम्म र भातृ संगठन, सुभेच्छुक संस्था, निर्वाचित जन प्रतिनीधिको बीचमा अन्तरक्रिया कार्यक्रम गर्ने । जिल्ला देखि पालिका सम्म बैठक, जस अन्तरगत पार्टीको विधान बमोजिम पार्टीको कुनै पनि संगठन विधान बमोजिम परिचालित छ कि छैन, त्यसको कार्य समितिले पूर्णता पाएको छ कि छैन, त्यो अन्तरगत बन्नु पर्ने विभागहरु बनेका छन् कि छैनन् । कार्ययोजना अनुसार कार्य भए नभएको केन्द्रिय प्रतिनीधि खड्काले अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

अभियान सफल पार्न तोकेकिएको जिम्मेवारी