टुकी नेपालद्वारा धादिङका २२ विद्यालयका २०० विद्यार्थीलाई छात्रवृत्ति वितरण सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

धादिङ । टुकी नेपाल समाजले धादिङका २२ वटा विद्यालयका २०० विद्यार्थीलाई छात्रवृति वितरण कार्यक्रम शुभारम्भ गरेको छ । समाजका अध्यक्ष कमल सापकोटाले विहिबार त्रिपुरासुन्दरी ७ स्थित जनज्योति माद्यामिक विद्यालयबाट छात्रवृत्ति वितरण सुरु गरेका हुन् ।

नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र नेत्रावती डवजोङ गाउँपालिकाका २२ विद्यालयका २०० विद्यार्थीलाई ड्रेस, वार्षिक चाहिने स्टेशनरी सामाग्री, आवश्यक शुल्क सहित पूर्ण छात्रवृत्ति प्रदान गरिन सुरुभएको महासचिव चन्द्र लम्सालले धादिङपोष्टलाई बताए ।

टुकी नेपालले यस अलवा विभिन्न विद्यालयमा ६जना शिक्षकलाई तलव भुक्तानी गरी रहेको छ भने नीलकण्ठ १० ज्यामरुङमा हेल्थ असिस्टेन्टको नेतृत्वमा ज्यामरुङ स्वास्थ्य परियोजना संचालन गरि रहेको छ । यस्तै अस्पतालमा उपचार भई आर्थिक अभावले डिस्चार्ज हुन नसकेका विरामीलाई पनि आर्थिक सहयोग गर्दै आई रहेको महासचिव लम्सालले बताए ।

स्वास्थ्य शिक्षामा सहयोग गर्दै आई रहेको यस टुकी नेपालले भुकम्प पछाडी स्कुल भवन बनाउने देखि कोभिडको समयमा स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । छात्रवृक्ति वितरण भने टूकिनेपालको नियमित कार्यक्रम हो ।

छात्रवृत्ति वितरण हुने २२ विद्यालय
१. लामास्थान आधारभूत विद्यालय
२. अन्नपूर्ण आधारभूत विद्यालय
३. मञ्जुश्री माध्यमिक विद्यालय
४. शंखादेवी माध्यमिक विद्यालय
५. पञ्चकन्या आधारभूत विद्यालय
६. गोलाभञ्ज्याङ आधारभूत विद्यालय
७. स्थानापति माध्यमिक विद्यालय
८. चण्डेश्वरी आधारभूत विद्यालय
९. कुमारीदेवी माध्यमिक विद्यालय
१०. जनभावना आधारभूत विद्यालय
११. चण्डेश्वरी माध्यमिक विद्यालय
१२. प्रकाश माध्यमिक विद्यालय
१३. सरस्वती माध्यमिक विद्यालय
१४. जनज्योति आधारभूत विद्यालय
१५. अचने माध्यमिक विद्यालय
१६. कमलादेवी आधारभूत विद्यालय
१७. वेदव्यास आधारभूत विद्यालय
१८. निमार्चोक आधारभूत विद्यालय
१९. निरञ्जना माध्यमिक विद्यालय
२०. मंगलादेवी माध्यमिक विद्यालय
२१. मुकादेवी माध्यमिक विद्यालय
२२. डुवाङ्ग आधारभूत विद्यालय