धादिङमा यो साल वन कार्यालय मार्फत ८० हेक्टर जमिनमा वृक्षारोपण

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

धादिङ । डिभिजन वन कार्यालय धादिङ मार्फत धादिङमा यो साल अन्दाजी ८० हेक्टर जमिनमा २ लाख ४६ हजार ५५७ वटा विरुवा रोपिएको जनाईएको छ ।

डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालका अनुसार ०७९–८० को कार्यक्रम अनुसार यो वर्ष आफ्नै नर्सरीमा उत्पादन गरिएको ३६ हजार विरुवा र २ लाख १० हजार ५५७ विरुवा खरिद गरि धादिङका विभिन्न क्षेत्रहरुमा वृक्षारोपण गरिएको हो । यसमा पालिका वा व्यक्तिहरुले खरिद गरि लगाईएको विरुवा गन्ती छैन ।

लम्सालका अनुसार यस वर्ष १ लाख भन्दा बढी अम्रिसोको विरुवा खरिद गरियो जसमा रुबीभ्यालीको रिचेतमा मात्रै १० हेक्टरमा १ लाख अम्रिसो रोपिएको छ । जडीबुटी जन्यमा टिमुर, लौठ सल्ला, चिराईतो, गैरकाठ जन्यमा अमृसो, बाँस, फलफूल जन्य विरुवामा एभोकार्डो, कागती सुन्तला, एकाडनियर, पिकानट आदि विरुवाहरु लगाईएको उनले बताए ।

(धादिङपोष्टका लागि तस्वीर सौजन्य अर्जुनकुमार श्रेष्ठ, डिभिजन वन कार्यालय धादिङ)