कांग्रेसद्वारा बेनीघाटका शिवकुमार कार्कीको हत्या आशंका, छानविन गर्न माग

Avatar photo
Dhadingpost
बिहिबार, साउन २५, २०८०

धादिङ । नेपाली कांग्रेस धादिङले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बेनीघाट रोराङ गाउपालिका, वडा नं. ५, बेनीघाट निवासी ४० वर्षीय शिवकुमार कार्कीको हत्या भएको आशंका गर्दै छानविन गर्न माग गरेको छ ।

कार्कीको परिवारले स्थानीय प्रहरी कार्यालयमा उजुरी दिए पनि घटनाको २६ दिन बितिसक्दासम्म निजको अवस्था पत्ता लागेको कुनै आधिकारिक र विश्वसनीय जानकारी आउन नसकेकोप्रति नेपाली कांग्रेस धादिङको गम्भीर ध्यानाकर्षण विज्ञप्तमिा जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ,
नेपाली कांग्रेस धादिङ उक्त घटनाको निस्पक्ष अनुसन्धान गर्न र छिटो भन्दा छिटो निजको जीवनको यथार्थ अवस्था पत्ता लगाइ घटनामा संलग्न दोषीलाई कानुनबमोजिमको कारवाहीका लागि सरकारलाई आग्रह गर्दछ । घटनालाई ढाकछोप गरी निस्पक्ष अनुसन्धान नगरिए, ढाकछोप गरी वातावरण असहज बनाइ वास्तविकता लुकाउन खोजिए नेपाली कांग्रेस धादिङ न्यायको पक्षमा कडा रूपमा प्रस्तुत हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

यस्तै धादिङका संघीय सांसद राजेन्द्र पाण्डेले पनि आफ्नो सामाजिक संजालमा प्रमुख जिल्ला अधिकारीलाई भेटेको फोटो सार्वजनिक गर्दै केहीदिन अघीदेखी बेपत्ता भएका शिवकुमार कार्कीको हत्या भएको आशङ्का गर्दै दैनिक रुपमा हुँदै आएको आन्दोलनबारे छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको बताएका छन् ।

एमाले धादिङको युवा संगठन राष्ट्रिय युवा संघले केहि दिन अघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घटना रहस्यमयी रहेको र कुनै दवावमा नपरि छानविन गर्न आग्रह गरेको थियो । कुवेतबाट आएको चार महिनापछि हराएका शिवकुमार कार्कीको साउन २१ गते पुनः कुवेत वैदेशिक रोजगारीमा तयारीमा थिए । उनको हत्या भएको हुन सक्ने भन्दै छानविनको माग गर्दै स्थानीयहरुले दैनिक आन्दोलन गर्दै आएका छन् ।