धादिङ । पोल्याण्डमा अगष्ट १० देखि हुने विश्व एस्ट्रो फिजिक्स ओलम्पियाडमा भाग लिन नेपालको प्रतिनीधित्व गर्दै धादिङका पीयूष अधिकारी सहित ५ जना पोल्याण्ड पुगेका छन् ।
४८ देशका भौतिक विज्ञानमा अध्ययनरत विद्यार्थीले भाग लिने यस एस्ट्रो फिजिक्स ओलम्पियाडमा धादिङका पीयूष अधिकारी सहित नेपालबाट सुदिप रोकाया, अंकिता भट्टराई, सन्दिप खड्का र किशोर बानिया रहेका छन् । नीलकण्ठ ३ पुछारबजार निवासी पीयुष अधिकारीले कक्षा १० सम्मको अध्ययन नीलकण्ठ माविमा गरेका थिए भने हाल बुढा नीलकण्ठ स्कुलमा अध्ययनरत छन् ।