बेनीघाटमा चर्कियो आन्दोलन, शिवकुमार कार्कीको हत्या भएको आशंका

Avatar photo
Dhadingpost
बुधबार, साउन २४, २०८०

धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय शिवकुमार कार्की असार ३१ गतेदेखि सम्पर्क विहिन छन् । उनको हत्या भएको हुन सक्ने आसङ्कामा दोषी पहिचान गरी कार्वाहीको माग गर्दै स्थानीयहरुले आन्दोलन चर्काएका छन् ।

कुवेतबाट आएको चार महिनापछि हराएका शिवकुमार कार्कीको साउन २१ गते पुनः कुवेत वैदेशिक रोजगारीमा तयारीमा थिए ।

गाउँकै इन्द्र कँडेलसँग काठमाडौँ घुम्न गएपछि बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ मा रहेको हुक्का बारमा बियर लगायतको खानेकुरा खाएपछि गत असार ३१ गतेदेखि हराएको परिवारले जनाएको छ । राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेतृत्वमा आइतबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य पत्रा लगाइ दोषीमाथी कडा कारबाही गर्न माग गरेको छ ।

प्रहरीले कार्कीको फोन डिटेल अनुसार अनुसन्धान पनि जारी राखिएको जनाएको छ । इलाका प्रहरी कार्यालय गजुरीले गरिरहेको अनुसन्धानले कुनै पत्तो नलागेपछि जिल्ला प्रहरी कार्यालयले शुक्रबारदेखि आफैँले अनुसन्धान गर्न थालेको र घटनाबारे पत्ता लगाएरै सम्लग्नहरुलाई कारबाहीको दायरामा ल्याइने प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । तस्वीरः अशोक श्रेष्ठ