बाँसको तामा तरकारी मात्रै नभएर औषधी पनि हो

Avatar photo
Dhadingpost
बुधबार, साउन २४, २०८०

सामान्यतया बाँसको कलिलो भाग वा टुसालाई तामा भनिन्छ । तामाको नाम सुन्ने वित्तिकै धेरेको मुखमा पानी आउने गर्छ¸ तामा विषादी तथा रसानिक मल रहित शुद्ध अर्गानिक तरकारी हो । नेपालमा तामाको प्रयोग प्राचिनकाल देखि नै गर्दै आएको कारण औषधिय गुणले भरिपूर्ण तरकारीको रुपमा लिएको पाईन्छ ।

बाँसको तामा चीन¸जापान र थाइल्याड लगायतका अन्तराष्ट्रिय बजारमा बेम्बो सुप थाई सुप र  किङ अफ ग्रासकै नामले प्रसिद्ध छ¸बाँसको तामा मात्र नभर पात पनि बिभिन्न हर्बल-टिको रुपमा प्रयोग गरेको पनि पाईन्छ ।

तामालाई उसिनेर तरकारी बनाएर तत्काल खान सकिन्छ भने तामालाई बट्टा¸सिसिहरुमा वा गुंद्रक बनाए जसरी राखेर अमिलो भएपछि अचार र पुनःतरकारीकै लागि पनि प्रयोग गर्न सकिन्छ ।यसरी तयार गरेको तामा २-३ वर्षसम्म भण्डार गरी राख्न सकिन्छ । विशेष गरी तामा असार श्रावणको समयमा सिजन हुने भएकाले गाउँघरमा प्रसस्त मात्रामा तामा पाइन्छ ।

पछिल्लो समय शहर बजारमा पनि तामा अर्गानिक तरकारीको रुपमा प्रख्यात छ । यो स्वादिष्ट तरकारी हो जुन धेरैलाई मन पर्ने तरकारी मध्य पर्छ । तर यसका फाइदाका बारेमा भने धेरैलाई जानकारी नहुन पनि सक्छ । तामामा अत्यन्तै कम कार्बोहाड्रेट पाउनका साथै प्रोटिन¸भिटामिन ए,बि,ई¸ नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ ।

त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिङ्क, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन पाईन्छ । तामामा क्यालोरी कम हुने भएकाले यसले बोसो घटाउन मद्धत गर्छ । यसमा चिनीको मात्र निकै नै कम हुने भएकाले मधुमेहका रोगीहरुको लागि पनि उपयुक्त मानिन्छ । कोलेस्ट्रोल एलडीएल स्तर, लिपिड्स र बाउल, फँक्शन कम गर्छ, अर्को तर्फ तामालाई स्वास्थ्यमैत्री खाद्यय पनि भनिन्छ । रूघाखोकी र ज्वरो बाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेलेको पाइन्छ ।

तामाको सेवन गर्दा हुने फाईदाहरुः

  • पाचन समस्यामाका लागि लाभदायिक हुन्छ ।
  • फोक्सो सम्बन्धी समस्यामा लाभदायिक हुन्छ ।
  • उच्च रक्तचाप¸मधुमेहका भएकाहरुमा तामा निकै लाभदायिक हुन्छ
  • कोलेस्ट्रोल नियन्त्रण गर्छ ।
  • शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ ।
  • बिसाब सक्रमण सम्बन्धी समस्यामा पनि औषधीको काम गर्छ ।
  • झाडा–पखाला लाग्दा र पेटमा ग्याष्ट्रिक बढेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औषधीको काम गर्दछ ।
  • शरीरको बोसो घटाउन ठुलो सहयोग पुर्‍याउँछ ।
  • गर्भवती महिलाहरुको लागि पनि प्रभावकारी मानिन्छ ।

(लेखकः लामा, एग्रोभेट व्यवसायी¸ अनेरास्ववियु धादिङको अध्यक्ष एवं नेकपा एमाले बागमती प्रदेश¸ कृषि तथा पशुपन्छी विभागको सदस्य पदमा हुनुहुन्छ ।)