धादिङ । नेपाली कांग्रेस धादिङले आजबाट आन्तरिक विशेष अभियान सुरुभएको जनाएको छ । केन्द्रीय तालिका अनुसार २० गतेबाट सुरु हुनुपर्ने भएता पनि महादिवेशन समिति सदस्य तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना शोकमा पर्नु भएकोले धादिङ आजबाट अभियान सुरु गरिएको कांग्रेस धादिङले जनाएको छ ।
आन्तरिक विशेष अभियान अन्तरगत आज केन्द्रिय प्रतिनीधि रामचन्द्र खड्काको विशेष उपस्थितिमा कांग्रेस धादिङको पदाधिकारी, जिल्लाका संघ र प्रदेशका क्षेत्रिय सभापतिहरु, पालिका सभापतिहरुको संयुक्त बैठक बसेको छ । बैठकले भाद्र १ गते सम्म चल्ने यस अभियनामा जिल्ला कार्यसमिति देखि वडा हुँदै टोल कार्य समिति सम्म र भातृ संगठन, सुभेच्छुक संस्था, निर्वाचित जन प्रतिनीधिको बीचमा अन्तरक्रिया कार्यक्रम गरिने निर्णय गरेको छ ।
विशेष अभियान अन्तरगत जिल्ला देखि पालिका सम्म बैठक, जस अन्तरगत पार्टीको विधान बमोजिम पार्टीको कुनै पनि संगठन विधान बमोजिम परिचालित छ कि छैन, त्यसको कार्य समितिले पूर्णता पाएको छ कि छैन, त्यो अन्तरगत बन्नु पर्ने विभागहरु बनेका छन् कि छैनन् । कार्ययोजना अनुसार कार्य भए नभएको केन्द्रिय प्रतिनीधि खड्काले अनुगमन गर्ने कांग्रेस धादिङका सह-सचिव नवराज तिमल्सिनाले बताए ।